ख्वप अस्पतालमा सुरु भयो शल्यक्रियाबाट प्रसुति सेवा
भक्तपुर- भक्तपुरको ख्वप अस्पतालमा बिहीबारदेखि शल्यक्रियाबाट प्रसुति सेवा पनि सुरु भएको छ । सेवा अन्तर्गत पहिलो पटक ३८ वर्षीय महिलाले दिनको १२ः४० मा ३.१८ केजीको स्वस्थ छोरालाई जन्म दिएको अस्पतालले जनाएको छ ।
भक्तपुर नपा वडा नम्बर ७ गोल्मढीका एक महिलालाई शल्यक्रियामार्फत प्रसुति सेवा प्रदान गरिएको ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले जानकारी दिए ।
उनले ख्वप अस्पतालमा प्रसुति सेवा सञ्चालन भएसँगै धेरै महिलाहरुलाई सजिलो हुने विश्वास लिए । प्रसुतिको लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै उनले यो सेवालाई अझ सुविधायुक्त बनाउँदै लाने योजना रहेको बताए ।
उनका अनुसार डा. युजिन श्रेष्ठ र डा. कृष्णप्यारी दुगुजुको संयुक्त स्वास्थ्यकर्मीको टीमले शल्यक्रिया गरेको थियो भने शल्यक्रियामा एनेस्थेसियोलोजिस्ट डा. सन्देश ख्वान्जु, बाल रोग विशेषज्ञ डा. विजय चिकंबन्जार, स्टाफ नर्सहरू रबिना कवां, गीता सुवाल, सोनी जोशी र रिचा कोजुलगायतका स्वास्थ्यकर्मी र चिकित्सकको टोली खटेका थिए ।
ख्वप अस्पताल सञ्चालनको २ वर्ष पुगेको अवसरमा अस्पतालले २०८० वैशाख १७ गतेबाट प्रसुति सेवा विस्तार गरेको थियो । ख्वप अस्पतालले यो अवधिमा १४ वटा मेजर सर्जरी र ४१ वटा माइनर सर्जरी गरेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया