स्वास्थ्य

‘१५ दिनमा अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौँ’

इकागज |
बैशाख ३०, २०७८ बिहीबार २१:५८ बजे

फाइल फाेटाे

काठमाडाैँ : निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने जनाएका छन् । निजी अस्पतालको छाता सङ्गठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष वसन्तकुमार चौधरीले आज विज्ञप्ति जारी गर्दै देशभरि नै निषेधाज्ञा र अन्तरराष्ट्रिय हवाई सेवा बन्द भई द्रुत ढुवानीको अरू कुनै विकल्प नभएकाए १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सय शय्याभन्दा माथिका सामुदायिक र निजी अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो । 'सय शय्याको अस्पतालका लागि सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि रु दुई करोड पर्छ । सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम छैनन्,' विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस



Author

थप समाचार
x