स्वास्थ्य

रुपन्देहीमा पीसीआर परीक्षण शुल्क घट्यो

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १५:३३ बजे

फाइल तस्‍बिर

रुपन्देही : लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड–१९ परीक्षणका लागि लाग्ने शुल्क घटाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि अस्पतालले पिसिआर परीक्षण शुल्क घटाएको हो । 

सरकारले एक हजार रुपैयाँ शुल्कमा पीसीआर परीक्षण गर्ने भने पनि अस्पतालले दुई हजार शुल्क लिँदै आएको थियो । आजदेखि एक हजारमा परीक्षण सुरु गरिएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । रासस
 



Author

थप समाचार
x