स्वास्थ्य

चाहना बचत तथा ऋण सहकारीले गर्‍यो सर्वसाधारणको स्वास्थ्य परीक्षण

इकागज |
जेठ ११, २०८० बिहीबार १३:८ बजे

तस्बिरः ध्रुव भण्डारी

काठमाडौँ- चाहना बचत तथा ऋण सहकारीले शेयर सदस्य, बचतकर्ता र सर्वसाधारणको थाइराइड परीक्षण गरेको छ । बिहीबार बिहान सुनसरीको इटहरी उपमहानगरपालिका नगरपालिका २० स्थित सहकारीले विश्व थाइराइड दिवसरको अवसरमा सम्पूर्ण बचतकर्ता तथा शेयरधनीको थाइराइड परीक्षण गरेको हो ।


नि: शुल्क थाइराइड सुगर तथा उच्च रक्तचापको परीक्षण गरिएको संस्था का अध्यक्ष होम खड्काले जानकारी दिए ।

संस्थाको सामाजिक उतरदायित्त्व र नागरिकको स्वास्थ्य अधिकार रहेकाले सहकारीसँग सरोका राख्नेनहरूको स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।

कार्यक्रममा २२५ भन्दा बढी ले नि:शुल्क थाइराइड,सुगर र उच्च रक्तचाप परीक्षण गराएका थिए ।


Author

थप समाचार
x