स्वास्थ्य

सिलिन्‍डर लिन आजदेखि चार दिन लगातार वायुसेवा निगमको जहाज चीन जाँदै

इकागज |
जेठ १, २०७८ शनिबार १२:२२ बजे

काठमाडौँ : नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे सिलिन्‍डर लिन चीन जाने भएको छ । चीन सरकारले दिएको सिलिन्‍डर लिन दोस्रो पटक निगमको जहाज चीन जान लागेको नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार १ गतेदेखि ४ गते सम्म निरन्तर चीनका उडान हुने भएको छ । 'एक उडानमा ४ सय सिलिन्‍डर ल्याउन सकिने भएकाले चार दिनसम्म निरन्तर उडान हुनेछ,' श्रेष्ठले भनिन । निगमलाई प्राप्‍त जानकारीअनुसार सिलिन्‍डर रहेको र अन्य सहयोगी संस्थाले दिएका स्वास्थ्य सामग्री छन् भने त्यो पनि ल्याउने प्रवक्त श्रेष्ठले बताइन् ।


त्यसैगरी गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरूप प्राप्तहुने करिब ६०० थान अक्सिजन सिलिन्डर लिन एयरलायन्सको जहाज बिहानै गइसकेको छ ।

यसअघि अक्सिजन सिलिन्‍डर लिनका लागि नेपाल वायुसेवा निगमको गत (सोमबार) एयरबस ३३० जहाज गएर मंगलबार ४ सय सिलिन्‍डर, १० भेन्टिलेर र १७० अक्सिजन कन्सर्नट्रेटर ल्याएको थियो ।

बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले निःशुल्क ती उपलब्ध गराएको हो । कोरोनाको संक्रमण बढेसँगै नेपालमा अहिले अक्सिजनको माग बढेको छ । सिलिन्‍डर अभाव हुँदा बिरामीको उपचार प्रभावित हुँदै आएको छ ।


Author

थप समाचार
x