स्वास्थ्य

अक्सिजन अभावले वीरको नयाँ भवन सञ्‍चालनमा समस्या

इकागज |
जेठ १, २०७८ शनिबार १२:४४ बजे

काठमाडौँ: वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन ।  सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे तापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको हो । 

अस्पतालका  निर्देशक डा शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयारी गरिए तापनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताए ।  नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग र सात हजार २०० मात्र उत्पादन हुने गरेको छ ।  'हामीले भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा गरेका थियौँ  तर अक्सिजन नभएपछि त्यकिै रोकिएको छ', उनले भने,' अहिले सङ्क्रमितलाई अक्सिजन चाहिन्छ । त्यसैले  अक्सिजनविना  बिरामीलाई नयाँ भवनमा राख्न सकिँदै ।'


सुरुमा एक सयदेखि ३०० शय्या सञ्चालन गर्ने योजना थियो । सर्जिकल बिरामीका लागि बनाइएको उक्त भवन ५०० शय्याको  छ । त्यहाँ बिरामी राखेर उपचार गर्नका लागि कम्तीमा ६०० सिलिण्डर अक्सिजन आवश्यक रहेको उनको भनाइ थियो । उनले अक्सिजनको आपूर्ति गर्नका लागि प्रयास भइरहेको र  प्राप्त हुनासाथ भवनमा बिरामीलाई राखिने जानकारी दिए । रासस
 


Author

थप समाचार
x