स्वास्थ्य मन्त्रालयकाे निर्देशन : निजी अस्पतालले पनि विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्नू
फाइल तस्बिर
काठमाडौँ- सरकारले सामुदायिक, निजी र सरकारी अस्पताललाई कूल शय्याको १० प्रतिशत शय्यामा राखी बिरामीलाई निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । अबदेखि सबै अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीहरूलाई कूल शय्याको १० प्रतिशत शय्यामा राखी उपचार गर्नु पर्नेछ ।
सरकारले जारी गरेको गरिब परिचयपत्रलाई आधार मानी अस्पतालले कूल शय्याको १० प्रतिशतमा उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय बैठकले जेठ १९ गतेको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्म ऐन तथा मापदण्डमा भएका विपन्न, असहाय र बेवारिसे बिरामीको वडा कार्यालयको सिफारिस अनुसार उपचार गराउनु पर्ने छ ।
नेपाल सरकारले पहिचान खुल्ने गरी जारी गरिएको परिचयपत्रको आधारमा उपचार गराउनुपर्ने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया