जेन स्पाले 'वेडनेश डे' मनायो
काठमाडौँ- जेन स्पाले 'ग्लोवल वेलनेश डे’ को अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । ठमेलस्थित जेन स्पाले शनिबार वेलनेश डे मा सहभागी भएकाहरूको शारीरिक अभ्यास, योगा र स्वास्थ्य परीक्षण गरेको थियो । नेपाली तथा विदेशी गरेर करिब २० जना योगा शिविरमा सहभागी भएका थिए ।
स्पा सञ्चालक रामदेव महत्तोले ‘वेलेनश डे’ का दिन मानिसहरूलाई आफ्नो जीवनका मूल्यको बारेमा सचेत गराउनु रहेको बताए ।
वर्षको एक दिन मात्र, विश्वलाई रोक्न र सोच्न सक्ने बनाउनु नै वेलनेश डे को उद्देश्य रहेको महत्तोको भनाइ छ । ‘शहरी जीवनशैली र खराब बानीबाट तनाव हटाउन र शान्ति प्राप्त गर्न यसले सहयोग गर्नेछ,’ उनले भने ।
वेलनेश डे आत्म-खोजीको दिनको रूपमा पनि लिने उनले बताए । व्यक्तिले आफ्नो जीवन, व्यायाम, स्वस्थ खानपान, र सँगै आध्यात्मिक शिक्षाहरूको माध्यमबाट यसलाई परिवर्तन गर्न सक्छ,’ उनले अगाडि थपे ।
सिक्स सेन्सेज स्पा दर्शनको साथ पूर्ण रूपमा रहेको छ । यसको उद्देश्य आफ्नो इन्द्रियलाई नियन्त्रण गर्नु हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया