स्वास्थ्य

अब अस्पतालले नै अक्सिजनको व्यवस्था गर्नुपर्ने

इकागज |
जेठ २, २०७८ आइतबार १७:३९ बजे

काठमाडौँ  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोडिभ–१९ का बिरामीका लागि अक्सिजनको व्यवस्था गर्न अस्पताललाई निर्देशन जारी गरेको छ । 

आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अबदेखि अस्पतालले नै अक्सिजनको व्यवस्था गर्नुपर्ने निर्देशन जारी भएको बताए । यसअघि कतिपय अस्पतालले थप बिरामीलाई नलिने सूचना जारी गरेका थिए भने कतिपयले बिरामीका आफन्तलाई अक्सिजन ल्याउन लगाउने गरेका थिए । 


बिरामीका लागि अस्पतालले नै अक्सिजनको व्यवस्था गर्नुपर्ने र बिरामीका आफन्तलाई ल्याउन भन्न नमिल्ने प्रवक्ता गौतमको भनाइ छ ।  उनले अक्सिजन आपूर्तिलाई सहज बनाउन काम भइरहेको बताए । 

 


Author

थप समाचार
x