स्वास्थ्य

भेन्टिलेटर अभावमा मृत्यु हुने क्रम बढ्याे

इकागज |
जेठ २, २०७८ आइतबार १८:३४ बजे

फाइल फाेटाे

जनकपुरधाम : प्रदेश-२ काे जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आईसीयु र भेन्टिलेटर नभएकाे कारण मृत्यु हुने क्रम बढेकाे छ । आइतबार दिउँसो आईसीयु र भेन्टिलेटर उपलब्ध नहुँदा महोत्तरीको औरही नगरपालिका–८ टिमकियाका ५५ वर्षीय श्याम यादवको मृत्यु भयाे ।

अस्पताल पुगेको घण्टौंसम्म पनि अस्पतालमा आईसीयु र भेन्टिलेटर नपाउँदा उपचार अभावमा छटपटिएर जसपाका स्थानीय नेतासमेत रहेका यादवकाे मृत्यु भएकाे मृतकका आफन्तले बताएका छन् । यादवलाई उपचारकाे क्रममा अवस्था गम्भीर भएकाे भन्दै चिकित्सकहरूले आईसीयु र भेन्टिलेटरकाे व्यवस्था गर्न भने पनि  अस्पतालमा आईसीयु र भेन्टिलेटरकाे व्यवस्था हुन नसकेपछि  मृत्यु भयाे ।  


यसअघि पनि बैशाख ३० दिन भेन्टिलेटर अभावमा जनकपुरधाम उपमहानगरपालिका–१९ बेङ्गाशिवपुर बस्ने ४५ वर्षीय उमेश शर्माको मृत्यु भएकाे थियाे । अस्पताल पुगेकाे तीन घण्टासम्म पनि भेन्टिलेटर उपलब्ध नहुँदा उनको पनि उपचार अभावमा मृत्यु भएको थियो । यस्तै बैशाख २८ गते महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगा बस्ने ५३ वर्षीय कोरोना संक्रमित सुखचैन महतोकाे भेन्टिलेटर आभावमा मृत्यु भएको थियो ।

यता प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. प्रमाेद यादवले भेन्टिलेटर उपचार अभावमा मृत्यु भएकाेबारे केही थाहा नभएकाे बताए ।  सुरूमा भेन्टिलेटर अभाव भएकाे तर, अहिले ३ वटा चालु अवस्थामा र ३ वटा खाली नै रहेकाे उनकाे दाबी छ ।  


Author

थप समाचार
x