Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

स्वास्थ्य

श्रम शोषण भएको भन्दै वीपी प्रतिष्‍ठानका 'इन्टर्न' चिकित्सकले गरे जीवन निर्वाह भत्ता वृद्धिको माग

इकागज |
जेठ ३१, २०८० बुधबार ११:० बजे

काठमाडौँ- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकले श्रम शोषण भएको भन्दै जीवन निर्वाह भत्ता वृद्धिको माग गरेका छन् । तीन वर्षअघि जीवन निर्वाह भत्तासम्बन्धी गरेको सम्झौता लागू नभएकाले इन्टर्न चिकित्सकले विज्ञप्ति जारी गरी जीवन निर्वाह भत्ता वृद्धिको माग गरेका हुन् ।

बढ्दो महँगो रेट दरलाई आधार बनाइ राष्ट्र बैंकको प्रतिवेदनलाई मूल्यांकन गरी करिब २५ हजार हुन आएकाले सोही अनुसार अभिवृद्धि गरिनुपर्ने इन्टर्न चिकित्सकको माग छ । हाल उनीहरूले १८ हजार ३ सय भत्ता पाइरहेका छन् । तर, पाइरहेको भत्तामा थप वृद्धिको माग गरेका हुन् ।


जीवन निर्वाह भत्तालाई लिएर विगतमा पटक-पटक आन्दोलन भएको थियो । उचित नियमावली व्यवस्था गरी जीवन निर्वाह भत्ता आठौं तहको मेडिकल अधिकृत पचास प्रतिशत हुन आउने गरी निर्णय गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।

‘इन्टर्न चिकित्सहरूको नाइट ड्युटीको निम्ति प्रदान गर्ने खाजा खर्चको सम्बन्धमा पहिले गरिएको सहमति अनुसार खाजा खर्च प्रदान गर्नुपर्नेछ,’ विज्ञप्तिमा लेखिएको छ,’ पेरिफेरिमा उचित गाँस, बाँस तथा यातायातको व्यवस्था हुनुपर्नेछ ।‘

गत वैशाख २१ गते इन्टर्न चिकित्सकले विद्यार्थी कल्याण समाजतर्फबाट प्रशासनको ध्यानाकर्ण गराएका थिए । प्रशासनले जवाफ नदिएपछि विद्यार्थी कल्याण समाजको उपस्थितिमा इन्टर्न चिकित्सक, उपकुलपति र रेक्टरसँग छलफल भएको थियो । तर, विना निष्कर्ष छलफल टुंगिएको थियो ।

रेक्टर सरसँग भएको छलफलमा पनि माग सम्बोधन नभएको इन्टर्न चिकित्सक संघर्ष समितिले जनाएको छ । ‘शालीन ढंगमा पेश गरिएको हाम्रो मागप्रति जिम्मेवार निकायले बेवास्ता गरिरहँदा हामी इन्टर्नका चिकित्सक श्रम शोषण भइरहेको महसुस गरिरेहका छौं,’ संघर्ष समितिले जारी गरिएको विज्ञप्तिमा बताइएको छ ।

 


Author

थप समाचार
x