वीपी प्रतिष्ठानका 'इन्टर्न' चिकित्सकले भनेः माग पूरा नभएकाले कालोपट्टी बाँधेर सेवा दिन्छाैँ
काठमाडौँ- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ‘इन्टर्न’ चिकित्सकहरूले कालोपट्टी बाँधेर सेवा दिने भएका छन् । संघर्ष समितिले शुक्रवार विज्ञप्ति जारी गरी यसअघि जीवन निर्वाह भत्ता वृद्धिका लागि भएका सम्झौता अहिलेसम्म लागू नभएको बताएको छ । मौखिक आश्वासनको भरमा मात्र विरोधका कार्यक्रमहरू रोक्न असमर्थ भएको समितिले उल्लेख गरेको छ ।
‘प्रतिष्ठानका पदाधिकारीहरूले हाम्रा मागप्रति सकारात्मक बनेर सिनेट बैठकमा पुर्याउँनु पर्छ,’ विज्ञप्तिमा भनिएको छ,’ सिनेट बैठकमा पुर्याउने लिखित आश्वासन नआएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिन्छौँ । कालोपट्टी बाँधेर काममा जाने जानकारी गराउँछौ ।‘
संघर्ष समितिका चिकित्सक डा. प्रशान्त राईले हाम्रो आन्दोलन कसैलाई विस्थापित गरि कसैलाई स्थापित गर्नलाई नभएको बताए । हाम्रो इन्टर्न चिकित्सकको हितमा आन्दोलन गर्नुपरिरहेको उनको भनाइ छ । हाम्रो मागमा सबै विद्यार्थी एक छौ भनेर सन्देश दिन चाहेको उनले धारणा राखे ।
‘केही पदाधिकारीले हाम्रो कुरालाई समर्थन गर्नुभएको छ । अन्य पदाधिकारीबाट भने सहयोगको प्रतिबद्धता नआएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,’ राईले भने,’ यो लडाइ भोकाएका र अघाएकाहरूको बीचको हो । भोकाएकाले अन्न नपाएसम्म आन्दोलनबाट पछि हट्ने छैनौँ ।‘
पदाधिकारी र कार्यसमितिको बैठकमा यो विषयले प्रवेश पाएकाले उनले सकरात्मक प्रतिक्रिया दिए । ‘आठौ तहको मेडिकल अफिसरको ५० प्रतिशत सरह सुविधा हुनुपर्छ । त्यहीँ अनुरुप हुनुपर्ने त्यसभन्दा तलमाथि हुनु भएन,’ उनले भने ।
यसअघि इन्टर्न चिकित्सक संघर्ष समितिले तीन वर्षअघि जीवन निर्वाह भत्तासम्बन्धी गरेको सम्झौता लागू नगरेकाले इन्टर्न चिकित्सकले जीवन निर्वाह भत्ता वृद्धिको माग गरेका थिए ।
राष्ट्र बैंकको प्रतिवेदनलाई मूल्यांकन गरी करिब २५ हजार हुन आएकाले सोही अनुसार अभिवृद्धि गरिनुपर्ने इन्टर्न चिकित्सकले माग गर्दै आइरहेका छन् । हाल उनीहरूले १८ हजार ३ सय भत्ता पाइरहेका छन् । प्रतिष्ठानमा १ सय ३० जना इन्टर्न चिकित्सकहरू छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया