स्वास्थ्य

चौतारा अस्पतालमा नै डाइलासिस सेवा सुरु गरिन्छ : स्वास्थ्यमन्त्री

इकागज |
असार २, २०८० शनिबार १५:३२ बजे

फाइल फोटो

काठमाडौँ -स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरु गर्ने बताएका छन् । 

शनिबार सिन्धुपाल्चोककमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले डाइलासिस गर्न राजधानी जानुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारका साथै जनशक्तिको व्यवस्था गर्ने बताए । 


उनले सामान्य अप्रेसनका लागि पनि काठमाडौं जानुपर्ने अवस्थालाइ अन्त्य गर्न सवै जिल्ला अस्पताललाई सुविधासम्पन्न गराईने जानकारी दिए । चौतारा अस्पतालमा आवश्यक सेवा सञ्चालनका लागि पनि आफुले पहल गर्ने उहाले बताए । 

मन्त्री वस्नेतललाई स्थानीय प्रतिधिहरुले जिल्लामा रहेका स्वास्थ्यसम्बन्धी समस्यामा बारेमा अवगत गराएका थिए ।  


Author

थप समाचार
x