स्वास्थ्य

अब वीर अस्पतालका जनरल बेड निःशुल्क

इकागज |
असार ८, २०८० शुक्रबार १८:११ बजे

काठमाडौँ- वीर अस्पतालका सात सय वटा जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्ले आजैदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो ।

यसअघि, प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएकोमा अब भने निःशुल्क हुने न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले बताए । अस्पतालका क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क लाग्नेछ ।


७०० बेड निःशुल्क गरेबापत हुने वार्षिक पाँच करोड रुपैयाँ खर्च सरकार र अस्पतालको आन्तरिक स्रोतबाट बेहोरिने पनि डा. बस्नेतले बताए ।

त्यस्तै न्याम्सले अन्य आंगिक अस्पतालहरूसँग समन्वय गरेर त्यहाँको बिरामीको चापलाई व्यवस्थापन गर्ने कार्ययोजना बनाएको छ । स्वास्थ्यमा आम नागरिकको सहज पहुँचलाई सुनिश्चित गर्न सरकारले न्याम्स मार्फत काम अघि बढाउने तयारी गरेको हो ।


Author

थप समाचार
x