स्वास्थ्य

बालबालिकालाई मोबाइल देखाएर खाना खुवाएमा के हुन्छ ?

इकागज |
असार १२, २०८० मंगलबार १५:० बजे

फाइल तस्बिर

काठमाडौँ-  के तपाईँ घरमा छोराछोरीलाई मोबाइल देखाएर खाना खुवाउनु हुन्छ ?  यदि साना-साना बालबालिकालाई मोबाइल देखाएर खाना खुवाउने गर्नु भएको छ भने आजबाटै बन्द गर्नुहोस् ।

बालबालिकालाई मोबाइल देखाएर खाना खुवाउँदा उनीहरूले के खाएको भनेर खानाको स्वाद थाहा नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूले के खाइरहेका र के खाँदैछु त्यो समेत थाहा नपाउने गरेकाे बताएको छ ।


जसले गर्दा बालबालिकामा पोषण सम्बन्धी समस्या र पाचन प्रणालीमा समेत असर गर्ने मन्त्रालयले जनाएकाे छ । बच्चालाई खाना खुवाउँदा अभिभावकले बच्चासँग कुराकानी गर्नुपर्छ । उनीहरूलाई डुलाएर र गीत गाएर तथा बच्चाको हाउभाउमा ध्यान दिँदै खाना खुवाउनुपर्छ ।

आफ्नो सजिलो र छिटोका लागि बालबालिकालाई मोबाइल देखाएर खाना नखुवाउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मोबाइलको लत लागेको बालबालिकामा ढिलो निन्द्रा लाग्ने, निन्द्रा पातलो हुने र पटक-पटक ब्यूँझने समस्या देखिने, बालबालिकामा एकोहोरो हुने लक्षण देखा पर्ने  मन्त्रालयले बताएकाे छ ।

साथै मोबाइल लत लागेमा रिसाउने, झर्कने, रुने र दोहोरो कुरा नगर्ने हुन सक्छन् । बच्चा ठूलो हुँदै जाँदा झन खान नमान्ने, राम्ररी नचपाउने र छिटो निल्ने बानी हुन सक्छ ।

मन्त्रालयका अनुसार सुत्नुभन्दा अगाडि मोबाइल चलाउने बालबालिकामा स्क्रिनको उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या गरेको छ ।

 


Author

थप समाचार
x