स्वास्थ्य

टेकुमा कोभिड संक्रमित : भुइँमै सुताएर उपचार

इकागज |
जेठ ४, २०७८ मंगलबार १५:५४ बजे

काठमाडौँ : उपत्यकामा कोभिड संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारका लागि पनि कठिनाइ भएको छ । बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना संक्रमितको भुइँमै सुताएर उपचार थालिएको छ ।  

काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पतालमा समेत बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भुइँमा राखेर बिरामीको उपचार गरिएको हो । त्यस्तै अस्पतालको कम्पाउण्डमा उपचारको प्रबन्ध मिलाइएको छ ।


कोरोना संक्रमण ह्वात्तै बढेसँगै गम्भीर बिरामीको संख्या पनि थपिँदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो । टेकु अस्पतालमा हालै आफ्नै अक्सिजन प्लान्टसमेत स्थापना गरिएको छ  । 

 


Author

थप समाचार
x