अर्को आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा बीमा सेवा सञ्चालन हुने
काठमाडौँ- स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आगामी आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा स्वास्थ्य बीमा सेवा सुचारु हुने बताएका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले स्वास्थ्य बीमा स्वायत्त निकाय भए पनि अहिलेसम्म स्वायत्त रूपमा सञ्चालन हुन नसकेको जिकिर गरे । उनले स्वास्थ्य बीमालाई जञ्जीरले बाँधिएको भन्दै यसलाई खोलेर मात्रै प्रभावकारी रुपमा बोर्डले काम गर्नसक्ने बताए । उनले स्वास्थ्य बीमामा ७ वर्षसम्म काजमा कर्मचारी ल्याएर काम गर्नुपर्ने अवस्था रहेको भन्दै काजमा कर्मचारी राखेर अपेक्षा अनुसारको काम गर्न नसकिने उल्लेख गरे ।
उनले नेपालको स्वास्थ्य बीमा योगदानमा आधारित कार्यक्रम भएको बताए ।
कार्यकारी निर्देशक बसौलाले सरकारले बीमालाई सहयोग गर्ने नभइ आगामी दिनमा बीमाले सरकारलाई सहयोग गर्नेगरी प्रभावकारी रूपमा काम गर्न आवश्यक नीति, नियम बनाउन आवश्यक रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया