‘अक्सिजन २४ सै घण्टा सुचारु गर्न नियमित विद्युत आपूर्ति मिलाइएको छ’
काठमाडौँ : गृहमन्त्रालयले कोभिडका बिरामीलाई लक्षित गरी अस्पतालमा २४ सै घण्टा अक्सिजन सुचारु गर्न विद्युत आपूर्ति नियमित गरिएको बताएको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै अक्सिजन उत्पादन, आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दाे, पारदर्शी र न्यायसंगत बनाउन अक्सिजन उद्योगमा सुरक्षा व्यवस्था मिलाउन देशभर ३३ स्थानमा डेडिकेटेड सुरक्षा टोली खटाइएको पनि जनाएको छ ।
अक्सिजन नभएर कोभिडका संक्रमितले ज्यान गुमाइरहेको बेला गृहमन्त्रालयले यस्तो विज्ञप्ति जारी गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया