थपिए २९५ नर्स, वीरमा २४५ र अन्यलाई ५० अस्पतालमा पदस्थापन
काठमाडौं - लामो समयदेखि नर्सिङ जनशक्तिको अभाव झेलिरहेको देशकै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले सोमबारदेखि २४५ जना नयाँ नर्स पाएको छ ।
लोकसेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्स मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ । बाँकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका संघीय अस्पतालमा खटाएको छ ।
नर्सिङ जनशक्ति अभावमा वीर अस्पतालले १० शैय्याको आईसियू सञ्चालन गर्न सकेको छैन । यति ठूलो संख्यामा नर्सहरूलाई एकै पटक वीर अस्पतालमा पदस्थापन गरेको यो पहिलो पटक हो ।
नयाँ नियुक्त भएर वीरमा जान लागेका नर्सिङ जनशक्तिलाई स्वास्थ्य मन्त्रालयमा बोलाएर निर्देशन दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानवीय संवेदना जोडिएको क्षेत्र भएकाले नर्सिङ पेसा जागिर मात्र नभएको बताए ।
सेवाका हिसाबले नर्सिङ जनशक्ति दोश्रो भगवान नै भएको बताउँदै गरिब र विपन्न विरामीको उपचारलाई सेवाको रुपमा लिएर अगाडि बढ्नु पर्नेमा मन्त्री बस्नेतले जोड दिए । नर्सिङ जनशक्तिलाई भविष्यमा उपयुक्त अवसर दिने काममा स्वास्थ्य मन्त्रालय पछि नपर्ने मन्त्री बस्नेतले बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेल, देवकुमारी गुरागाई लगायत अतिरिक्त सचिवहरू र मन्त्रालयका अधिकारीको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया