स्वास्थ्य

वाग्मती प्रदेशमा कोभिड-१९बाट ६३१ जनाको मृत्यु

इकागज |
मंसिर ५, २०७७ शुक्रबार १४:४१ बजे

काठमाडौं :  कोभिड-१९ सङ्क्रमणबाट हेटाैँडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ ।  वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार  प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा पुरुषोत्तम सेढाईंका अनुसार कूल सङ्क्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उनको भनाइ छ । प्रवक्ता डा सेढाईंका अनुसार मुलुकका कूल कोरोना सङ्क्रमितमध्ये वाग्मती प्रदेशमा ५० प्रतिशत  छ ।


कोभिडको सङ्क्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ ।  यसैबीच हेटौँडा उपमहानगरपालिका–५ की ६४ वर्षीया एक महिलाको कोरोना सङ्क्रमणबाट आज आफ्नै घरमा मृत्यु भएको छ । उनलाई गत कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो । शव व्यवस्थापन नेपाली सेनाले गर्ने निजको परिवारले जनाएको छ ।  रासस


Author

थप समाचार
x