स्वास्थ्य

प्रदेश सरकारद्वारा पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

इकागज |
जेठ ५, २०७८ बुधबार १६:४४ बजे

पोखरा : गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अहिले संघ सरकार मातहतमा छ ।

प्रदेश सरकारको आज बसेको पहिलो मन्त्रीपरिषद् बैठकले अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको मन्ती रामशरण बस्नेतले बताए । 


‘कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अस्पताल बनाउन संघलाई सिफारिस गरिएको छ,’ मन्त्री बस्नेतले भने । चार सय बेडको अस्पताल प्रदेशकै ठूलो अस्पताल हो । अहिले अस्पतालमा ५० बेडमा मात्रै कोभिडका बिरामी राखेर उपचार भइरहेको छ ।


Author

थप समाचार
x