स्वास्थ्य

थप ८ हजार ३०५ जनामा कोभिड-१९ संक्रमण पुष्टि

६ हजार पाँच सय ४३ जना संक्रमणमुक्त

इकागज |
जेठ ६, २०७८ बिहीबार १७:५७ बजे

काठमाडौँ : नेपालमा बिहीबार थप ८ हजार तीन सय ५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २१ हजार ६ सय ९५ पीसीआर परीक्षणका क्रममा ८ हजार दुई सय २७ र ३९२ वटा एन्टीजेन परीक्षणका क्रममा थप ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै कोभिड-१९ संक्रमणका कारण थप १९० जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा मृतकको संख्‍या ५ हजार ८ सय ४७ पुगेको छ। त्यस्तै थप ६ हजार पाँच सय ४३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ६६ हजार ९४६ जनाले नेपालमा कोभिड-१९ जितेका छन् । 


हाल १ लाख १५ हजार ८ सय ५२ सक्रिय संक्रमित आइसोलेसनमा र ९३२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २८ लाख ५५ हजार ७९३ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x