स्वास्थ्य

सरकारद्वारा देशभरका औषधि पसलहरूको अनुगमन सुरु

इकागज |
साउन ८, २०८० सोमबार १५:१ बजे

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले सोमबार देशभरका औषधि पसलमा अनुगमन गरेको छ ।

मन्त्रालयले काठमाडौँ उपत्यका लगायत देशभरका औषधि पसलमा एकसाथ अनुगमन गरेको हो । काठमाडौँमा रहेका केही औषधि पसलको अनुगमनमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निस्केका थिए । सो क्रममा औषधि पसलमा म्याद गुज्रिएका औषधिहरू राखेको पाइएको थियो भने बेच्ने अनुमति नपाएका औषधिहरू पनि राखिएको भेटिएको छ ।


नमुना प्रति औषधि र म्याद गुज्रिएका औषधि भेटिएपछि ललितपुरमा एक औषधि पसललाई कारबाही समेत गरिएको छ । मन्त्री बस्नेतले औषधि पसललाई व्यवस्थित गर्न र जिम्मेवार बनाउनका लागि सरकारले अनुगमन गरेको जानकारी दिए ।

उनले अनुगमनपछि आएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाउने भन्दै निरन्तर अनुगमन जारी रहने बताए ।


Author

थप समाचार
x