स्वास्थ्य

डेंगुबाट तीनजनाको मृत्यु, संक्रमितको संख्या ४ हजार २८९ पुग्यो

इकागज |
साउन १०, २०८० बुधबार १४:१६ बजे

काठमाडौं । नेपालमा डेंगुको संक्रमणबाट तीनजनाले ज्यान गुमाइसकेका छन् भने चार हजारभन्दा बढी संक्रमित भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत  जनवरीदेखि २४ जुलाईसम्म डेंगुको संक्रमणबाट तीनजनाको मृत्यु भएको चार हजार २८९ जनामा संक्रमण भएको हो । 


६९ जिल्लामा डेंगु संक्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरीमा दुई हजार ७५४ जना संक्रमित भएकाे महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा १४४ जना संक्रमित भएका छन् ।


Author

थप समाचार
x