सल्यानका एक स्वास्थ्यकर्मीले भने : मेरो कारण बिरामीको ज्यान गयो माफी चाहन्छु
काठमाडौँ : सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुखले वासुदेव पोख्रेलको गैरजिम्मेवार व्यवहारले ४९ वर्षीय भोलाबहादुर बुढाको मृत्यु भएको छ । पोख्रेलले आफूले बेवास्ता गरेकै कारण बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तसँग माफी मागेका छन् ।
स्वास्थ्य सेवा तथा उपचारका लागि एम्बुलेन्स सहायताको माग गर्दा आफूले सहयोग गर्न नसकेको उनले बताएका छन् । वनगाड नगरपालिका वडा ७ मा बुढाका आफन्तले उनलाई सहयोग मागेका थिए । बुढाको मृत्यु भएको प्रति आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
'मेरो यस्तो व्यवहारप्रति क्षमा याचना चाहन्छु,' उनले जारी गरेको विज्ञप्ती उल्लेख गरिएको छ, 'आगामी दिनमा यस्तो गल्ती पुनः नदोहरिने समेत प्रतिबद्धता जाहेर गर्दछु ।'
मुलुकभर कोभिड संक्रमणका कारण दैनिक एक सय ५० भन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ । ६ हजार भन्दा बढीको मृत्यु भएको र जनताको मत प्राप्त गरी राज्य सञ्चालन गरीरहेकाले यतिका धेरै संख्यामा मृत्यु हुँदासम्म माफी मागेका छैनन् । सल्यानमा स्वास्थ्यकर्मीले गल्ती गरी माफी मागेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया