स्वास्थ्य मन्त्रालयको अनुगमन
अस्पतालले नागरिक वडापत्र लागू गर्नुपर्ने
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका आठ वटा अस्पतालहरूको अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौँका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो ।
मन्त्रालयका अनुसार काठमाडौँको कान्ति बाल अस्पताल, मनमोहन मेमोरीयल अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल, ललितपुर क्षेत्रको मेडिसिटी अस्पताल र अल्का अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पतालको अनुगमन गरिएको हो ।
नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीले अस्पतालहरूमा नागरिक वडापत्र लागू हुनुपर्ने बताए । उनले बिरामीहरूले अस्पतालले नि:शुल्क उपचार दिनुपर्ने पनि बताए ।
डा.बाराकोटीले भने, 'नेपाल मेडिकल कलेजको राम्रो पक्ष भनेको सरसफाइ राम्रो छ । पूर्वाधार ठीक छ । नागरिक बडापत्रका कुरा, निःशुल्क दिने उपचारका कुरामा सुधार गर्नुपर्ने देखिन्छ । शंकरापुर अस्पतालको भवन स्ट्यान्डर्ड छैन । गरिब असहायलाई बेड पर्याप्त नछुट्याइएको पाइयो । ल्याबमा सुधार गर्नुपर्ने देखियो ।’
अनुगमनमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव, सहसचिव, उपसचिव लगायतको सहभागिता रहेको थियो । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौँका फार्मेसीहरूको अनुगमन गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया