स्वास्थ्य

उमेर अनुसारको यौन शिक्षा आवश्यक

इकागज |
साउन १९, २०८० शुक्रबार २१:५० बजे

काठमाडौँ- यौन रोग विशेषज्ञहरूले आम मानिसहरूलाई उमेर अनुसार यौनसँग सम्बन्धित शिक्षा दिनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा ‘यौनका कुरा’ विषयक कृतिबारे छलफलमा बोल्दै यौन रोग विशेषज्ञ डा.सुवोधकुमार पोखरेलले विद्यार्थीलाई यौन व्यवहारको बारे उमेर अनुसारको शिक्षा दिनुपर्ने बताएका हुन् । डा.पोखरेलले मानवीय यौनिकता बहुआयामिक विषय भएको बताए । उनले यौन मनोविज्ञानका विभिन्न पक्षबारे कृतिमा समेटिएको बताए ।


यौन ऊर्जाको केन्द्र भएको डाक्टर पोखरेलको भनाइ छ । यौन समस्याको बारेमा समयमा नै बुझाउन नसके यसले दुर्घटना निम्त्याउन सक्ने बताए ।

विद्यार्थीहरूलाई स्वप्न दोष, विपरीत लिंगी प्रतिको आकर्षण, हार्मोन, सेनेटरी प्याडको प्रयोगका बारेमा जानकारी गराउन आवश्यक रहेको बताए ।


Author

थप समाचार
x