देशभर ७ हजार ७३३ जना डेंगी संक्रमित, सातको मृत्यु
काठमाडौँ- देशभर डेंगीको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगी संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यस अवधिमा सात जना डेंगी संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ ।
यस वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया