स्वास्थ्य

डब्लूएचओको क्षेत्रीय निर्देशकमा आचार्यले दिए उम्मेदवारी

इकागज |
साउन २२, २०८० सोमबार १७:३७ बजे

काठमाडौँ- विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा नेपालको तर्फबाट डा. शम्भुप्रसाद आचार्यको उम्मेदवारी परेको छ । नेपाल सरकारलाई आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सदस्य राष्ट्रका आफ्ना समकक्षीलाई सन् २०२३ को जुन २३ मा पत्र नियोगमार्फत पठाइएको थियो ।


विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रको स्वास्थ्य सम्बन्धी क्षेत्रीय नीति,कार्यक्रम तथा बजेट आदिको प्राथमिकता निर्धारण गरी डब्लु एच ओको सिएरोको सन् २०२३ को अन्त्यमा निर्वाचन हुन लागेको हो ।

सोही पदमा बंगलादेशकी साइमा वाजेद होसेनको समेत उम्मेदवारी परेको छ ।

डब्लु एच ओको सिएरोको नेपाल, बंगलादेश, भुटान, उत्तर कोरिया, भारत, इण्डोनेशिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लेस्टे लगायतका राष्ट्रहरू सदस्य छन् ।


Author

थप समाचार
x