स्वास्थ्य

भरतपुरले तोक्यो डेंगी परीक्षण शुल्क, अधिकतम ६ सय रुपैयाँ लाग्ने

इकागज |
साउन २५, २०८० बिहीबार १७:४ बजे

चितवन- भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेंगी परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेंगी परीक्षणका लागि अधिकतम रु ६ सय तोकिएको हो ।
 
महानगर प्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताइन् । उनले  महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गरिन् ।

जिल्लाका प्रदेशस्तरका स्वास्थ्य संस्थामा डेंगी परीक्षण निःशुल्क हुने गरेको छ । भरतपुर अस्पतालले भने रु आठ सय लिँदै आएकोमा अब रु छ सय मात्र लिने जनाएको छ ।


पछिल्लो समय जिल्लामा डेंगी रोगको सङ्क्रमण बढ्दै गएको छ । साउन यता जिल्लामा ५२ जनामा उक्त सङ्क्रमण पुष्टि भइसकेको छ ।


Author

थप समाचार
x