स्वास्थ्य

काठमाडौँ महानगरले भोलिदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने

इकागज |
मंसिर ६, २०७७ शनिबार १५:२५ बजे

काठमाडौँः काठमाडौँ महानगरपालिकाले भोलि(आइतबार)देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ ।  सरकारले तोकेको मापदण्डभित्रका व्यक्तिहरुको पीसीआर परीक्षणको लागि स्वाब संकलन कार्य पुनः सुचारु गर्न लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । 

शनिवार राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको सालिक अनावरण कार्यक्रममा मेयर शाक्यले सो कुरा बताएका हुन् ।
कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरेका छन् ।


यस्तै, कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न ‘मोबाइल भ्यान’ सञ्चालन गर्ने तयारी समेत रहेको उनले बताए ।


Author

थप समाचार
x