स्वास्थ्य

धरानमा डेंगी महामारीः ११ जनाको मृत्यु भएपछि मेयर हर्कले गुहारे स्वास्थ्य सेवा विभाग

इकागज |
साउन ३१, २०८० बुधबार १३:४३ बजे

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले डेंगी परीक्षणका लागि किट अभाव हुँदा स्वास्थ्य सेवा विभागसँग डेंगी परीक्षणका लागि १० हजार किट माग गरेका छन् ।

दिनप्रतिदिन डेंगीका बिरामी बढेकाले आवश्यक सामग्रीको अभाव भएको उनले बताएका छन् । उनले बुधबार विभागलाई पत्र लेख्दै दश हजार डेंगी परीक्षण र आवश्यक औषधि माग गरेका हुन् ।


उनले धरान क्षेत्रमा महामारीको रुपमा फैलिएको डेंगी फैलिएकाले दिनप्रतिदिन बिरामीको संख्या बढिरहेको बताएका छन् । उपमहानगरले अस्थायी डेंगी रोग स्वास्थ्य केन्द्र, निःशुल्क डेंगी परीक्षण केन्द्र र वडा कार्यालयको आधारभूत स्वास्थ्य केन्द्रमा दक्ष जनशक्तिमा उपचार भइरहेको उनले पत्रमा उल्लेख गरेका छन् ।

‘हाल केही महिनादेखि व्यापक रुपमा फैलिएको र केहीको ज्यानसमेत लिइसकेको डेंगी धरानमा अत्यधिक मात्रामा बढेको छ,’ उनले भनेका छन् ।

धरानमा हालसम्म डेंगीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।



Author

थप समाचार
x