स्वास्थ्य

कोभिड नियन्त्रण गर्न र खोप किन्‍न ३२ अर्ब २८ करोड ऋण : स्वास्थ्य मन्त्रालय

इकागज |
जेठ १०, २०७८ सोमबार १७:३८ बजे

काठमाडौँ : सरकारले कोभिड नियन्त्रण रोकथाम तथा खोपका लागि ३२ अर्ब २८ करोड ऋण सहायता परिचालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

सोमबार मन्त्रालयमा भएको भर्चुअल पत्रकार सम्मेलनमा ऋण सहाययता अन्तर्गत कोभिड १९ को प्रतिकार्यका लागि विश्‍व बैंकबाट तीन अर्ब ४८ करोड सहायता प्राप्‍त भएको उनले जानकारी दिए ।


खोप व्यवस्थापनका लागि ९ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएर कार्यान्वयनमा आउने क्रममा रहेको मन्त्री त्रिपाठीको भनाइ छ । कोभिड-१९ को खोप व्यवस्थापनका लागि एशियाली विकास बैंकबाट थप १९ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने विषयमा छलफल भइरहेको उनले जानकारि दिए ।

'कोभिड संक्रमण सुरु भएपछि विभिन्‍न राष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायहरूबाट आर्थिक तथा प्राविधिक सहायता प्राप्‍त भइरहेकोले मन्त्रालयको तर्फबा हार्दिक आभार व्यक्त गर्दछु,' उनले भने । 


Author

थप समाचार
x