स्वास्थ्य

वीरगञ्‍ज महानगरले माग्यो सरकारसँग खोप खरिदका लागि अनुमति

इकागज |
जेठ १०, २०७८ सोमबार १७:४८ बजे

वीरगंज : वीरगञ्‍ज महानगरपालिकाले नगरवासीहरूको जीवन रक्षाका लागि खोप खरिद गर्ने निर्णय गरेको छ । सरकारले खोप समयमा उपलब्ध गराउन नसकेपछि महानगरपालिका आफैले एक लाख डोज खोप खरिदका लागि अनुमति प्रदान गर्न स्वास्थ्य मन्त्री समक्ष माग गरेको वीरगंज महानगरका मेयर विजय सरावगीले जानकारी दिए ।

सरकारले तोकेको सबै मापदण्डहरू पूरा गरेर आफूहरू खोप खरिद गर्न तयार रहेको र सरकारले दिएको मापदण्ड अनुसार नै नगरबासीलाई खोप लगाइने नगर प्रमुख सरावगीले स्पष्ट पारे । नगर प्रमुख सरावगीले अमेरिकी र रसियन खोप राम्रो रहेको र सरकारले अनुमति दिएको खण्डमा मगाएर नगरबासीलाई लगाउने बताए ।  ती देशमा प्राइभेट कम्पनीहरूले नै खोपको डिल गरिरहेको र आफूसँग पनि ती कम्पनीसँग सिम्झौता गर्न सक्ने संयन्त्र रहेको मेयर सरावगीको दाबी छ । महानगरपालिकाले कम्तीमा एक लाख महानगरबासीलाई खोप लगाउने लक्ष्य लिएको उनले बताए । 
 



Author

थप समाचार
x