जागेश्वर गौतम कोभिड-१९ केन्द्रीय अस्पतालको कमाण्डर
काठमाडौँ : मुलुकमा कोभिड-१९ को महामारी चलिरहेको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई कोभिड–१९ केन्द्रीय अस्पताल (वीर अस्पताल) को कमाण्डरमा नियुक्त गरिएको छ ।
सोमबार मन्त्रीस्तरीय बैठकबाट गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको मन्त्रालयका प्रशासन प्रमुख दामोदर रेग्मीले इकागजलाई जानकारी दिए ।
नेपाल सरकारको ११ औँ तहमा रहेका कर्मचारी नियुक्त हुने व्यवस्थाअनुसार उनले वीर अस्पतालमा जिम्मेवारी पाएका हुन् । वीर अस्पतालमा गए पनि उनको तह नघट्ने तर उनको कार्यभारमा जिम्मेवार बढेको रेग्मीले बताए ।
कोभिड-१९ संक्रमण रहँदासम्म उनको जिम्मेवारी अस्पतालमा रहने उनले जानकारी दिए । अस्पतालमा नियुक्ति लिएपछि गौतमले अस्पतालका लागि आवश्यक कुराहरू माग गर्ने र अन्य सम्पूर्ण अधिकार उनमै निहित रहने उनले जानकारी दिए । 'डा. गौतमले भोलिबाट नियुक्ति लिनुहुनेछ,' उनले भने ।
सरकारले वीर अस्पतालको नयाँ भवनलाई जेठ १ गते मlन्त्रपरिषद्बाट कोभिड-१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो । योसँगै उनी मन्त्रालयको जिम्मेवारीबाट हट्ने मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयले भोलि नयाँ प्रवक्ता पाउने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया