थप ८ हजार ६३६ जनामा कोभिड-१९ पुष्टि
१६९ जनाको मृत्यु
काठमाडौँ: नेपालमा मंगलबार थप ८ हजार ६३६ जनामा कोभिड-१९ पुष्टि भएको छ । देशभर गरिएको २२ हजार ३०६ पिसिआर परीक्षणका क्रममा ८ हजार ३८७ र ६३० एन्टीजेन परीक्षणका क्रममा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । त्यस्तै थप १६९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ६ हजार सात सय जनाले कोभिड कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ हजार चार सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा चार लाख ४ हजार ८ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा १ लाख १७ हजार २६१ सक्रिय संक्रमित आइसोलेसनमा र ९१४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २९ लाख ५८ हजार ६२० वटा पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया