स्वास्थ्य

कास्कीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई १ लाख जरिवाना

इकागज |
जेठ ११, २०७८ मंगलबार १९:३७ बजे

पोखरा  : कास्कीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रशासनले १ लाख जरिवाना तिराउने भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको आज बसेको बैठकले निषेधाज्ञा उल्लंघन गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही गरिने जनाएको छ ।

कोरोना संक्रमण रोक्न आदेश जारी गरिएको र अब आदेश नमाने अध्यादेश अनुसार व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने जनाएको छ । संस्थाले निषेधाज्ञा उल्लंघन गरेमा ५ लाख सम्म जरिवाना हुने पनि प्रशासनको सूचनामा उल्लेख छ ।


मास्क नलगाई सार्वजनिक रुपमा हिँडड्ल गरे पटकै पिच्छे १ सय रुपैयाँ जरिवाना हुने जनाइएको छ । अनुमतिबिना हिँड्ने २ पाङ्ग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना हुने प्रशासनको सूचना छ । कास्कीमा १४ जेठसम्म निषेधाज्ञा घोषणा गरिएको थियो । मंगलबार मात्र कास्कीमा ४४० जनामा कोरोना देखिएको थियो । कास्कीमा ३०५७ जना सक्रिय संक्रमित छन् ।


Author

थप समाचार
x