स्वास्थ्य

फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम

इकागज |
जेठ १३, २०७८ बिहीबार १६:४६ बजे

काठमाडौँ : नेपाल चिकित्सक संघले कोभिड-१९ महामारीमा फ्रन्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ । अग्रभागमा बसेर कोभिड-१९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बिहीबार देखि दुई दिन भर्चुअल तालिम सुरु गरिएको हो ।

बिरामीको उपचारका लागि अक्सिजन, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामाग्रीले मात्रै नहुने भएकाले आफु सुरक्षित रहेर र प्रभावकारी ढंगले उपचार गर्न सकियोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघले जनाएको छ । तालिममा आफु सुरक्षित रहेर संक्रमित बिरामीको व्यवस्थापन, अक्सिजन तथा भ्यान्टिलेटर लगायतको विशेष उपचारका क्रममा ध्यान दिनुपर्ने कुरालाई चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रशिक्षित गरिने महासचिव डाक्टर बद्री रिजालले जानकारी दिए ।


उनले भने,'कोभिड-१९ महामारी नियन्त्रणका लागि मुलुकभर रहेका फ्रन्डलाइनमा रहेर कोभिडको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि २/२ दिनको क्रिटिकल केयर म्यानेजमेण्ट अफ कोभिड प्यासेन्ट भनेर यो तालिम सुरु भएको हो । यसबाट फ्रन्टलाइनमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोभिडको विरामीको उपचारमा सहयोग हुने, पोजिसन, अक्सिजन, मेकानिकल भेन्टिलेसन लगातका उपचारका लागि अत्यावश्यक पर्ने र दैनिक काम गर्दा समस्या झेलिएका विषयमा अन्तरक्रिया गरि उपचारमा सहयोग गर्ने छ ।'


Author

थप समाचार
x