पाठेघरको क्यान्सर विरुद्ध किशोरीलाई लगाइने खोप अभियानको म्याद थप
फाइल फोटो
काठमाडौं - किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने खोपको म्याद थपिएको छ । किशोरीलाई हाल लगाइरहेको खोप ‘एचपीभी’ अभियानको समय थप गरी १० असोजसम्म पुर्याएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ५ गतेसम्म सो अभियान सञ्चालन गर्ने जनाएको थियो ।
शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेको तथा लक्षित समूहले अझै खोप लगाउन बाँकी रहे पछि म्याद थपिएको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया