फार्मेसी क्षेत्रलाई व्यवस्थित गर्न निरन्तर अनुगमन हुने
फाइल तस्बिर
काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नतले फार्मेसी क्षेत्रलाई व्यवस्थित तथा सुधार गर्न निरन्तर अनुगमन हुने बताएका छन् ।
विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा मन्त्री बस्नतेले फार्मेसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निरन्तर अनुगमन र कारबाही गर्ने बताएका हुन् । उनले फार्मेसी सञ्चालक आफैले पनि सुधारका काम अघि बढाउन निर्देशन दिए ।
मन्त्री बस्नतेले गैरफार्मसिष्टलाई फार्मेसीमा राख्ने कामले बिरामीको स्वास्थ्यमाथि खेलवाड हुने गरेको भन्दै सचेत गराए । उनले स्वास्थ्य क्षेत्र सुधारका लागि आफूले कार्यभार सम्हालेदेखि निरन्तर लागिपरेको र यसमा सबैको साथ आवश्यक पर्ने धारणा राखे ।
प्रत्येक वर्ष सेप्टेम्बर २५ मा विश्वभर फार्मेसी दिवस मनाइँदै आएको छ । यस वर्ष 'स्वास्थ्य प्रणाली सुदृढीकरणमा फार्मेसी' भन्ने नारासहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया