स्वास्थ्य

स्वास्थ्यकर्मीको दरबन्दी नबढाउँदासम्म समस्या समाधान हुँदैन : मन्त्री बस्नेत

इकागज |
असोज १२, २०८० शुक्रबार १६:३४ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको अभाव परिपूर्ति गर्न सरकारले काम गरिरहेको बताएका छन् ।

शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्यमन्त्री बस्नेतले एउटा स्वास्थ्यकर्मीले चार जना बराबरको काम गर्न नसक्ने भन्दै दरबन्दी थप्ने विषयमा सबैको सहमति जुटिसकेको र अब छिट्टै प्रक्रिया अघि बढ्ने बताएका हुन् । उनले दरबन्दी बढाउन नसकेसम्म स्वास्थ्य क्षेत्रको समाधान गर्न नसकिने अवस्था रहेको पनि बताए ।


दरबन्दी यही ढंगमा रहिरहे जतिसुकै कडा कानुन ल्याए पनि समस्या समाधान गर्न नसकिने मन्त्री बस्नेतको भनाइ छ । उनले स्वास्थ्यकर्मीहरूको सुरक्षाका सन्दर्भमा सरकार गम्भीर भएर लाग्ने बताए । शान्ति सुरक्षाको हिसाबले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्नु सबैको दायित्व भएको उनकाे जिकिर छ ।

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा क्षेत्रको समस्या समाधान गरिने बताए । उनले प्रयोगविहीन स्वास्थ्यका उपकरणलाई समुचित तरिकाले व्यवस्थापन मिलाइएको बताए ।


Author

थप समाचार
x