मंसिर ९ मा नर्सिङ लाइसेन्सको परीक्षा
फाइल तस्बिर
काठमाडौँ- नेपाल नर्सिङ परिषदले आउँदो मंसिर ९ मा परिषदको नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा सञ्चालन गर्ने भएको छ ।
परिषदका अनुसार परीक्षार्थीले २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्नेछ । यस समयावधिमा छुटेका परीक्षार्थीले दोब्बर दस्तुर तिरेर २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने परिषदको सूचनामा उल्लेख छ ।
परीक्षा फारम दस्तुर नियमित तर्फ ३ हजार १०० रुपैयाँ रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया