स्वास्थ्य

भिक्षुको पहलमा थाइल्यान्डबाट स्वास्थ्य सामग्री आउँदै

इकागज |
जेठ १५, २०७८ शनिबार १२:३४ बजे

बुटवल : थाइल्यान्डका राजपरिवारले कोभिड-१९ महामारीको बेला नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । थाइल्यान्डका राजा महाबलिरालङ्‍कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले ब्यक्तिगत रूपमा उपहार स्वरुप स्‍वास्‍थ्‍य सामग्री पठाउन थालेको हुन् । 

थाई राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पिपिई गाउन ११ हजार ५२० थान, पिपिइ लेग कभर १० हजार जोडी, पिपिई सर्जिक क्याप १० हजार थान, फेस सिल्ड ५ हजार पीस, रेपिड एन्टीजन युनिट २० हजार युनिट, फीङ्गर टिप्स पल्स अक्सीमिटर ६ सय थान, डिजिटल थर्मोमिटर १५ सय थान, बोडी ब्याग १ हजार पीस, अक्सीजन नाजल ३० थान, अक्सीजन कन्स्ट्रेन्टर ८ थान नेपाल सरकारलाई सहयोग स्वरुप पठाउन थालेको हुन् ।  


थाइ राजपरिवारको स्वास्थ्य सहयोग आइतबार थाई राजपरिवारकै खर्चमा जहाजमार्फत काठमान्डौ आइपुग्ने भिक्षु सुगन्धले बताए । थाइल्यान्डका राज परिवारको अत्यन्तै निकट भिक्षु सुगन्ध महास्थवीर र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यको पहलमा उक्त सामग्री नेपाल आउन थालेको हो । नुराजाले भने, 'थाई राजपरिवारसँग भिक्षु सुगन्धले पहल गर्नुभयो , यता नेपालमा हामीले कोर्डिनेसन गर्‍यौँ । हाम्रो अनुरोधलाई  भिक्षु सुगन्धको पहलमा थाई राजपरिवारले सहर्ष स्वीकारी सहयोग गर्न थालेको हो ।'

भिक्षु सुगन्ध बौद्ध दर्शनमा विश्वविख्यात महामुकुट बौद्ध विश्व विश्वविद्यालय बैंकक, थाइल्यान्डका रेक्टर समेत हुन्। उनले बैंककको कारागारमा आजीवन कारबासको सजायँ भुक्तान गरिरहेका तथा विभिन्न अपराधमा संलग्न भई फासिकोलागि सजाय सुनाइएकाहरूलाई पनि बाचुन्जेल केही गर्नुपर्छ भनेर नयाँ र अनुकरणीय बौद्ध दृष्टिकोणमा बाच्ने कला अभियान चलाउदैं आएका छन् । भिक्षु  सुगन्ध महास्थविर थाईल्यान्डको बौद्ध भिक्षु परम्परामा चौथो वरीयताको देव पदको सम्मान पाउने पहिलो नेपाली भिक्षु हुन् । थाईल्यान्डमा उनलाई डा. अनिल शाक्यका नामले समेत चिनिन्छ । प्राध्यापक शाक्य थाइ राजकीय बिहारबाट बोभर्नका उपप्रमुख समेत हन् ।

कोभिडको दोस्रो लहर चलिहरको बेला स्वास्थय सामग्रीको अभावमा संक्रमितको उपचारमा समस्या भइरहेको बेला थाई राजपरिवारबाट आउने सहयोगले धेरै नेपालीको ज्यान बचाउन भूमिका खेल्ने देखिएको छ ।


Author

थप समाचार
x