स्वास्थ्य

चीनबाट ल्याइयो स्वास्थ्य उपकरणसहितका सामग्री

इकागज |
जेठ १५, २०७८ शनिबार १७:२४ बजे

पोखरा : पोखरा पर्यटन परिषदले चीनबाट कोरोना सङ्क्रमित बिरामीका उपचारका लागि आवश्यक पर्ने ‘अक्सिजन कन्सन्ट्रेटेड मेशिन’ सहित  अन्य स्वास्थ्य सामग्री ल्याएको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले करिव रु ११ लाख बराबारको  छ थान अक्सिजन कन्सन्ट्रेटेड मेशिन, चार वटा अक्सिजन मेशिन , पाँचसय सेट पिपिइ, एकहजार पञ्जा र दशहजार  मास्क ल्याइएको जानकारी दिए ।

उनले भने,'अहिलेको अवस्था निकै जटिल छ ,  मानव जीवन रक्षार्थ हामीले अत्यावश्यक स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री ल्याएका  हौँ ।'


परिषद्का महासचिव रामचन्द्र शर्माले नमस्ते कम्युनिटी फाउण्डेशनले दुई  अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहयोग गरेको जानकारी दिए । ती सामग्री आइतबार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको आतिथ्यतामा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, मातृशिशु तथा  मितेरी अस्पताल र सरुवा रोग तथा सङक्रमण रोग अस्पताललाई  हस्तान्तरण गरिने जनाइएको छ । रासस


Author

थप समाचार
x