स्वास्थ्य

चिनियाँ खोप लिन नेपाल वायुसेवा निगमको जहाज जाँदै

इकागज |
जेठ १७, २०७८ सोमबार १०:२३ बजे

काठमाडौँ : नेपाल वायुसेवा निगमको जहाज सोमबार चीन सरकारले उपलब्ध गराउने खोप लिन जाने भएको छ । राती ११ बजे चीनतर्फ उडान भर्ने नागरिक उड्डय प्राधिकरणकका प्रवक्ता राजकुमा क्षेत्रीले जानकारी दिए । उनका अनुसार आज गएर भोलि २ बजे नेपाल आइपुग्ने छ ।

केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ पिङ सँग टेलिफोन संवाद गरेपछि १० लाख डोज खोप उपलब्ध गराउने सहमति भएको थियो ।


यसअघि पनि चिनियाँ सरकारले ८ लाख डोज भेरोसेल खोप लपलब्ध गराइसकेको छ ।


Author

थप समाचार
x