स्वास्थ्य

धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्‍चालन

इकागज |
जेठ १७, २०७८ सोमबार १४:२४ बजे

धनगढी : धनगढीमा नेपाली सेनाले २५ शय्याको फिल्ड अस्पताल  सञ्‍चालनमा ल्याएको छ । नेपाली सेनाको सुदूरपश्‍चिम पृतनाले धनगढीको बोराडाँडीमा २५ शय्याको अस्पताल सोमबारदेखि सञ्‍चालनमा ल्याएको हो । अस्पतालको एक कार्यक्रमकाबीच प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । अस्पतालबाट नेपाली सेनामा कार्यरत कर्मचारी तथा पूर्व कर्मचारीसहित उनका परिवारका सदस्यको उपचार हुनेछ । 

‘सेनाको कल्याणकारी कोष लगानीमा सञ्चालनमा आएको अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सालगायत सेवा उपलब्ध हुने छ । अहिले भने केही सेवा मात्रै सञ्चालन गरिएको छ । अस्पताल निर्माणपछि सुदूरपश्‍चिम प्रदेशका सैनिक र उनका परिवारको स्वास्थ्योपचारमा सहज हुने विश्वास नेपाली सेनामको छ । सुदूरपश्‍चिम प्रदेशमा झण्डै ५० हजार नेपाली सेना र उनका परिवारका सदस्य छन् ।
 
यस्तै प्रदेशमा कोरोना बढेपछि सुदूरपश्‍चिम सरकारले पनि सेनाको अस्पतालबाट संक्रमितलाई उपचार गर्न आग्रह गरेको थियो । त्यस्का लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ सहयोगसमेत गरेको छ ।



Author

थप समाचार
x