स्वास्थ्य

महामन्त्री कोइरालाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

इकागज |
जेठ १७, २०७८ सोमबार १८:१२ बजे

कावासोती  : नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नवलपरासीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।  कोइरालाले आफ्नै व्यक्तिगत खर्चमा १३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जिल्लाको गैंडाकोट नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यबिन्दु जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, बुलिङ्गटार प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल पत्रकार महासंघ नवलपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

महामन्त्री कोइरालाले सोमबार ६ वटा अक्सिजन कन्सन्‍ट्रेटर, १० वटा अक्सिजन सिलिन्डर , २३००० सर्जिकल माक्स, फेसशिल्ड ५६० वटा, सेनिटाइजर २३० लिटर , आइसियु बेड २ वटा, पीपीई २५० थान सामग्री स्वकीय सचिव भरत तिवारीमार्फत जिल्लामा पठाएका हुन् ।


स्वास्थ्य सामाग्री सोमबार नै सबै संघ-संस्थालाई हस्तान्तरण गरिएको काङ्ग्रेस नेता महेन्द्र पोख्रेलले जानकारी दिए । नेपाली कांग्रेस कोभिड-१९ समिति नवलपुरका संयोजक सुरज गुरुङले जिल्लाका अन्य पालिकामा पनि क्रमैसँग सहयोग गरिने बताए ! नेपाली कांग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरेले कांग्रेसले प्रभावित क्षेत्रको आधारमा स्वास्थ्य सामग्री वितरण गर्ने बताए । 


Author

थप समाचार
x