स्वास्थ्य

सङ्खुवासभामा एक हजार सात सयमा डेंगी संक्रमण

इकागज |
कात्तिक २५, २०८० शनिबार २१:४० बजे

खाँदबारी- पूर्वी हिमाली जिल्ला सङ्खुवासभामा डेंगी संक्रमितको सङ्ख्या एक हजार सात सय पुगेकाे छ । 

संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चासो राखेको छ । महाशाखाले सङ्खुवासभाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखलाई सदरमुकाम खाँदबारीमा भेला पारेर डेंगी संक्रमण नियन्त्रण र रोकथामका बारेमा शुक्रबार जानकारी लिएको हो ।


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले विद्यालयमा बालबालिकालाई डेंगीका बारेमा जनचेतना दिन, स्कुल हेल्थ नर्स कार्यक्रमलाई सक्रिय बनाउन, डेंगी नियन्त्रण र रोकथामका लागि स्वयंसेवक परिचालन गर्न, स्थनीय तह र स्वास्थ्य संस्थामार्फत खोज र नष्ट अभियानलाई तीव्रता दिन निर्देशन दिएको बताए ।

साउन र भदौ महिनामा मात्रै डेंगी संक्रमितको सङ्ख्या एक हजार सात सय १० पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार सङ्खुवासभाका भोटखोला र चिचिला गाउँपालिकामा संक्रमित देखिएका छैनन् । रासस


Author

थप समाचार
x