स्वास्थ्य

संक्रमितको उपचार गराइरहेका अस्पताललाई खर्च विवरण सार्वजनिक गर्न सरकारको निर्देशन

इकागज |
जेठ १८, २०७८ मंगलबार १८:२० बजे

काठमाडौँ :  सरकारले कोभिड-१९ संक्रमितको उपचार गराइरहेका निजी अस्पताल तथा स्वास्थ्य उपचार केन्द्रलाई  खर्च विवरण सार्वजनिक निर्देशन दिएको छ । संक्रमितको उपचार गराइरहेका सबै निजी अस्तपाल तथा स्वास्थ्य केन्द्रले सेवा शुल्क बापत लिएको खर्च अस्पतालको बोर्डबाट निर्णय सात दिनभित्र विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । आ-आफ्नो वेभसाइटमा खर्च विवरण राख्‍न अस्‍पताललाई निर्देशन दिएको हो ।

सबै जानकारी स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरिएको विज्ञप्‍तिमा उल्लेख छ ।


'बिरामीले उपचार बापत लाग्ने रकम बारे जानकारी पाउनु नागरिकको अधिकार हो, बिरामीको उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु हरेक स्वास्थ्य संस्थाको नैतिक कर्तव्य हो,' जारी विज्ञप्तिमा उल्लेख छ ।

कतिपय अस्पतालले बिरामीलाई चर्को शुल्क लिएको , अनावश्यक परीक्षण गराइ आर्थिक भार बढाएको र उपचारको लागि स्वास्थ्य सामग्री खरिद गर्न लगाएको गुनासो सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । बिरामीको गुनासो मन्त्रीपरीषदको कार्यालय हेल्लो सरकार, मन्त्रालयमा र पत्रपत्रिकामा आएको गुनासोप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x