स्वास्थ्य

अस्पतालले घर पठाएका कोभिड संक्रमितको बाटैमा मृत्यु

इकागज |
जेठ २०, २०७८ बिहीबार २१:२२ बजे

फाइल तस्बिर

काठमाडौँ :  अस्पतालले घर पठाएका एक कोभिड संक्रमितको बाटैमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचाररत सिद्धिचरण नगरपालिका -३ का ७२ वर्षीय एक महिलाको अस्पतालबाट घर जाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

स्वास्थ्य समस्या देखिएपछि जेठ ११ गते ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना भएकी ती महिलामा जेठ १४ गते एन्टिजेन परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको थियो । कोभिड संक्रमित महिलाका परिवारले घरैमा लगेर आइसोलेशनमा राख्ने बताएपछि अस्पतालले डिस्चार्ज गरिदिएको थियो ।


अस्पतालबाट घर नपुग्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए । महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनाले सहयोग गर्ने भएको छ । योसहित कोभिडकारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।  रासस


Author

थप समाचार
x